गगन थापाले सुन्नुपर्ने तलब हराएको कर्मचारीको कथा !

गगन थापाले सुन्नुपर्ने तलब हराएको कर्मचारीको कथा !

९ असोज, काठमाडौ । माइतीघर नजिकै अवस्थित स्वास्थ्य मन्त्रालयमा हरेक दिन एक व्यक्ति उस्तै अवस्थामा देखिन्छन् । मैलो झोला झुण्ड्याएर उनी मन्त्रालय छिर्छन, सहसचिव र सचिवको कार्यकक्ष चाहार्दै हिँड्छन् । र, भन्छन्, हजूर मेरो काम के भयो ? आज बन्छ ?

कहिले चप्पल त कहिले गोल्डस्टार जुत्ता लगाएर मलीन मुद्रामा सधैँ स्वास्थ्य मन्त्रालयमा भेटिने सुनसरीका रविन्द्रनाथ देवलाई भेटेपछि बल्ल थाहा भयो, उनको व्यथा । उनले भोगेको पीडाले बताउँछ कि कति कहालीलाग्दो छ, निजामती प्रशासनको अवस्था ।

३३ महिनाको तलब ल्याल्जेनको गोजीमा !

रविन्द्र १३ वर्षअघिसम्म यही स्वास्थ्य मन्त्रालय अन्तरगतका कर्मचारी थिए । उनी ०३४ सालबाट स्वास्थ्य मन्त्रालयमा कर्मचारीका रुपमा प्रवेश गरेका हुन् । उनी मधेसी समुदायको कर्मचारी भएता पनि सोलुखुम्बुमा खटाइएका थिए ।

‘जागिरे जीवनमा अधिकांश समय दुर्गममा बसेँ, जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु अन्तरगत गार्मा हेल्थपोष्टमा काम गरेँ । करिब एक वर्षपछि फाप्लु अस्पतालमा सरुवा भएँ । तर, तत्कालीन जिल्ला अस्पताल प्रमुख डा. मिङ्मार ग्याल्जेन शेर्पाले मप्रति ठूलो अन्याय गरे ।’

यति भन्दै गर्दा देवका एकाएक आँखा रसाए ।

कार्यालय प्रमुख शेर्पासँगको सम्वन्ध राम्रो नभएपछि उनी ०५१ कार्तिकदेखि ०५४ भदौसम्म काजमा सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाडौँमा आए ।

‘काजमा बस्दा मलाई सोलुखुम्बु अस्पतालले तलब खुवाउनुपर्ने हो । टेकु अस्पतालमा ३३ महिनासम्म काजमा बसेर काम गरेँ । तर, मेरो तलव नै दिइएन ।’

सम्बन्धित शीर्षकहरु