३३ हजार भूकम्प पीडित, जसले अर्को निर्णय नभएसम्म अनुदान पाउँदैनन्

३३ हजार भूकम्प पीडित, जसले अर्को निर्णय नभएसम्म अनुदान पाउँदैनन्

९ असोज, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको ड्यामका कारण डुबानमा पर्ने गोरखा र धादिङका करीव ३६ सय भूकम्प पीडितले घर बनाउने पहिलो किस्ताको अनुदान नपाउने भएका छन् ।

उनीहरुको बसोबास गर्ने स्थानको टुंगो नलागी अनुदान दिन नसकिने भएकाले नीतिगत निर्णय हुनुपर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । यस बारेमा आइतवारको निर्देशक समिति बैठकमा पनि छलफल हुनेछ ।

प्राधिकरणका अनुसार डुबान क्षेत्रमा पर्ने भूकम्प पीडितको घर संख्या गोरखामा १६३२ छ भने धादिङमा १८८८छ । गोरखामा १४ गाविस र धादिङका १३ गाविस बुढीगण्डकीको जलाशय बन्दा डुबानमा पर्ने भनेर सूचिकृत छन् ।

सरकारले भूकम्प पीडित भनेर अनुदान दिनुपर्ने भनी किटान गरेका अति प्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार लाभग्राही मध्ये डुबान, गुठी र जोखिमपूर्ण बस्तीलगायतको समस्याका कारण करीव ३३ हजारले अुनदान नपाउने देखिएको छ ।

यो गाँठो फुकाउन यिनका बारेमा नीतिगत निर्णय हुनुपर्नेछ । गुठीको जग्गामा घर भएका ३ हजार ५९२ घरपरिवारले अनुदान पाउनेबारे सम्भवतः आइतवारको बैठकले प्राधिकरणलाई नीतिगत निर्देशन दिनेछ ।

सम्बन्धित शीर्षकहरु