कलंकी चोकमा ट्राफिक प्रहरीको ताण्डव, लछार्दै वाईक चालकलाई यसरी कुटे (भिडियो)


ट्राफिक प्रहरीको दादागिरीः ट्राफिक प्रहरीले कलंकी चोकमै वाईक सवारलाई निर्घात कुटपिट गरे

हामीले कार्यक्रममा गोंगबु क्षेत्रका ट्राफिक प्रहरीले बालाजु चोककी बस धनी सुस्मीता लामिछानेलाई दुरव्र्यवहार गरेको बिषयमा रिपोर्टीङ गरेका थियौँ ।

ट्राफिक प्रहरीले पार्किङको वहाना बनाएर गाडीको हावा फुस्काईदिने, सहचालकलाई चरोट पोलिदिने देखी ट्राफिक वृतमै उठिवास लगाइदिन्छु भनेका देखाएका थियौँ ।

यो बिषयमा ट्राफिक प्रहरी प्रवतmा उमेश रंञ्जितकुमारसँग कुरा गर्दा उनले उन्ले यो कुरा स्विकारेन्न । उनले ट्राफिकले दुरव्यवहार गरेको भिडियोमा नदेखीएको भन्दै ट्राफिक प्रहरीले यस्तो नगर्ने बताएका थिए ।शुक्रबार पनि काठमाडौंको कंलकी चोकमा ट्राफिक जवानले एक मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेकोे छ ।

ट्राफिक प्रहरीले वाईक सवार व्यक्तिलाई कुटिरहेको देखेपछि हाम्रा एक जना दर्शकले आफ्नो मोवाईल खोली रेकर्ड गर्न शुरु गरे । उनले मोवाईल निकाल्दा ती ट्राफिक हातपात गरि फर्कदै थिए

https://youtu.be/BDIRIhtOkeg

सम्बन्धित शीर्षकहरु