काठमाडौं, ८ फागुन- नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका लागि सहमत भएसँगै एउटै नेपाल कम्युनिष्ट पार्टी हुने भएको छ । मध्य रातमा प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात बुँदे एकीकरणका प्रारम्भिक आधारहरुमा हस्ताक्षर गरेका हुन् ।
सहमतिमा बैठकमा सहभागी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेताहरु झलनाथ खनाल, ईश्वर पोखरेल, माधवकुमार नेपाल र बामदेव गौतम तथा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको हस्ताक्षर छ।
