विकास बैंकको बिनाधितो १५ लाखकाे कर्जा अफर


कर्जायोग्य लगानी रकम अभावले बाणिज्य बैंकहरुलाई पिरोलिरहेको अवस्थामा विकास बैंकहरु भने बिना धितो १५ लाख रुपैयाँ कर्जा प्रबाह गर्ने अफर सार्वजनिक गर्न थालेका छन् ।

शुक्रबार ओम डेभलपमेन्ट बैंकले पनि व्यवसायिक व्यक्तिहरुलाई लक्षित गर्दे १५ लाख रुपैयाँसम्मको ओम प्रोफेसनल लोन योजना योजना सार्वजनिक गरेको छ ।

केही दिनअघि मात्र व्यवसायिक कर्जा (प्रोफेसनल लोन) योजना अन्तगर्त कैलाश विकास बैंकले धितो विना नै १५ लाख रुपैयाँको कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको थियो ।

यस्तो कर्जा आम मानिसहरुका लागि भने होइन । यो कर्जा लिनका लागि आकर्षक रोजगारी प्राप्त गर्ने डाक्टर, इञ्जिनियर र परामर्शदाता सेवा दिने र राम्रो जागिर भएका व्यक्तीहरु हुनु अावश्यक छ ।

Source:Dhitopatra.com

सम्बन्धित शीर्षकहरु