दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

केपी ओली प्रधानमन्त्री भएको दिन उल्लेख्य रुपमा बढेको सेयर बजार आइतबार दोहोरो अंकले घटेको छ । विहीबार झन्डै ३४ अंकले बढेर १४२४.९५ अंकमा पुगेको बजार आइतबार १४१३.९० अंकमा झरेको छ । उत्पादनमूलकबाहेक, कारोबार भएका सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १०७.४८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, अन्य र लघुवित्त समूह क्रमशः २.८३, ३८.६४, २१.५८, ३४.२६, ८.१५, ९.९६ र ३०.३२ अंकले घटेका छन् । उत्पादनमूलक समूह ९.६९ अंकले बढेको छ ।

कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख २९ हजार तीन सय ५९ कित्ता सेयर सात हजार एक सय ८२ पटक खरिदविक्री हुँदा ५९ करोड छ लाख ६० हजार १२ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, नविल बैंक र नेपाल बैंकको दुई करोड तथा एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

सम्बन्धित शीर्षकहरु