जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ ।
एक व्यापारीले भन्नुभयो, “लगानी डुब्ने डरले छुर्पीको उत्पादन कम गर्न थालेको छु ।” संकलन गरेर लगेको छुर्पीको रु पाँच लाख रकम नपाएपछि पाँच बोरा छुर्पी गोदाममा नै थन्काएर राखेको उहाँको भनाइ छ ।
छुर्पीबाट मनग्य आम्दानी हुन थालेपछि उद्योगको संख्यामा वृद्धि भएको छ । बजारीकरणमा प्रतिष्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेका कारण समस्या भएको हो । अहिले विगतको जस्तो माग छैन । एकदमै थोरैमात्र निकासी भइरहेको छ ।
इलामका छुर्पी अन्तर्राष्ट्रिय हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौँ, सिल्भर लिङ्क (आइएनसी) प्रालि कलेक्सन सेन्टर काठमाडौँ र एभरेष्ट प्रोडक्सन काठमाडौँलगायतबाट निकासी हुने गरेको छ ।
