काठमाडौं, ७ फागुन –
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा सरकारले टुँडीखेलमा विविध कार्यक्रमका साथ मनाउँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ६८औँ प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना दिएकी छिन् ।
प्रजातन्त्र स्थापना सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा चारजनालाई मृत्युदण्ड दिइएको थियो । एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा ‘आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् ।
राष्ट्रपति भण्डारीले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सहिदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गरेका छन् ।
